हेटौंडा – खोलामा नुहाउने क्रममा डुबेर चितवनमा एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ बस्ने ५५ वर्षीय बलराम प्रजाको मृत्यु भएको हो ।
स्थानीय कुसुम खोलामा नुहाउन गएका प्रजा सोही खोलामा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । यस सम्बन्धमा मुचुल्का सहित प्रहरीले थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।