प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

कटारी नगरपालिकामा प्रमुखमा गठबन्धनबाट कांग्रेस, उपप्रमुखमा एमाले विजयी

२०७९ जेठ ११, बुधबार ०९:२३ बजे

उदयपुर – उदयपुरको कटारी नगरपालिकामा गठबन्धनतर्फ नेपाली काङ्ग्रेसको राजेशचन्द्र श्रेष्ठले प्रमुख पदमा विजय भएका छन् भने उपप्रमुखमा नेकपा एमालेकी गीता खड्काले विजय भएकी छन् ।

प्रमुखमा श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६४ मतले पछि पार्दै विजयी भएका हुन् । श्रेष्ठले ६४१७ मत प्राप्त गर्दा नेकपा ९माओवादी केन्द्र०बाट टिकट नपाएपछि बाघी उम्मेदवार दिएका बरालले ५९५२ मत प्राप्त गरे । निवर्तमान प्रमुख समेत रहेका नेकपा एमालेको ज्ञानेन्द्र श्रेष्ठले ५७१५ मत प्राप्त गरे ।

उपप्रमुखमा विजयी एमालेका खड्काले फराकिलो मत अन्तरमा विजयी भइन्। उनले ६४१३ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा ९माओवादी केन्द्र० को विनोदकुमार कटुवालले ३८२१ मत प्राप्त गरिन् ।

१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्षमा एमाले, ३ वडाध्यक्षमा काङ्ग्रेस, २ वडाध्यक्षमा स्वतन्त्र, १ वडाध्यक्ष्माा नेकपा (एकीकृत समाजवादी) र १ वटामा नेकपा (माओवादी केन्द्र) जितेको छ ।