प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

अटोमा लागुऔषध ओसार्ने हेटौंडाका दुई युवा पक्राउ

२०७९ जेठ १३, शुक्रबार ०८:१९ बजे

हेटौंडा – जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्गतान र ३५ वर्षीय भुवन तितुंग रहेका छन् । उनिहरुलाई करिब ३५ केजी अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान पक्राउ गरिएको हो ।

हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह २८८८ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्दा लुकाई छिपाई ल्याउदै गरेको तीन वटा झोला र प्लास्टिकको बोराभित्र उक्त परिमाणको लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।