प्रहर खबर
 २०७९ जेठ १३, शुक्रबार    

कांग्रेसका बागी उम्मेदवार मृत भेटिए

२०७९ बैशाख २४, शनिबार १७:५८ बजे

काठमाडौं – अपहरणमा परेको भनिएका कांग्रेसका बागी उम्मेदवार मृत भेटिएका छन् । सुनसरीको रामधुनी नगरपालिका ८ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश पौडेल मृत अवस्थामा भेटिएका हुन्।

छुट्टै प्यानल नै बनाएर पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पौडेलको शव शनिबार आफ्नै घरपछाडि भेटिएको थियो । तीन दिनअघि पौडेल अपहरणमा परेको भन्दै खोजीका लागि परिवारले प्रहरीमा उजुरी दिएको थियो । त्यसको भोलिपल्ट सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए । तर, शनिबार भने मृत अवस्थामा भेटिएका हुन् ।

पार्टीले उम्मेदवार नबनाएपछि उनले बागी उम्मेदवारी दिएका थिए । मृत भेटिएका पौडेलले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।दृष्टिन्युजबाट