प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

डेंगु लागेर कोष तथा लेखा नियन्त्रक चन्दको मृत्यु

२०७९ आश्विन ६, बिहीबार १९:४७ बजे

काठमाडौं – कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका प्रमुख जयकुमार चन्दको डेंगु लागेर मृत्यु छ। ४९ वर्षीय चन्दको उपचारका क्रममा भारतको लखनाउमा मृत्यु भएको हो।

३१ भदौको रातिदेखि बिरामी परेका उनलाई भोलिपल्ट १ असोजमा नै डेंगु देखिएको थियो। जिल्ला अस्पताल अछाममा रगत परीक्षणका क्रममा डेंगु देखिएपछि चन्दलाई ज्वरो आउने, टाउको दुख्ने र शरीर गल्ने समस्याले झन् असहज बनाएको थियो।

लखनउमा उपचाररत चन्दको सुगरको मात्रा निकै बढेको र प्रेसर घटेपछि उनको मृत्यु भएको हो। सल्यान जिल्लाको बागचौर नगरपालिका– ८ का चन्द दुई वर्षअघि कोष तथा लेखा नियन्त्रक कार्यालय अछाममा कार्यालय प्रमुखका रूपमा हाजिर भएका थिए।