प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

पचरौता नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित

२०७९ जेठ १०, मंगलबार ०७:३२ बजे

बारा – पचरौता नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

एमालेका जलनदर सिंहले ४ हजार ७३३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रमेश यादवले चार हजार ४६१ मत प्राप्त गरे।

उपमेयरमा पनि एमालेकै नसिमा खातुनले चार हजार ५३८ मत ल्याई निवार्चित भएकी छन् ।उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकै सगुफा खातुन चार हजार १६३ मत ल्याएकी थिइन् ।