काठमाडौं – दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट बिश्रामपुर नगरपालिका–२ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेका छन् ।
सिध्दिकीले १ जनालाई वैदेशिक रोजगारका लागि दुबई पठाइ सेक्युरिटी गार्डमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख ५० हजार रूपैयाँ लिएर सम्पर्क बिहीन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं नार्गाजुन नगरपालिका–६ पानीट्याङकीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।