प्रहर खबर
 २०८१ जेठ ३, बिहीबार    

मकवानपुरमा ८ किलो ८ सय ग्राम चरेशसहित ५ जना पक्राउ

२०८० पौष २९, आईतबार १२:४७ बजे

हेटौंडा – मकवानपुरको मनहरीबाट करिब ८ किलो ८ सय ग्राम अवैध लागूऔषध चरेशसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिका–६ बस्ने २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका–३ बस्ने २० वर्षीय मुकेश राम भन्ने मुस्की राम, पर्सा वीरगज उपमहानगरपालिका(२१ बस्ने २०‍ वर्षीय ईरमान आलम र सोही ठाउँ बस्ने २१ वर्षीय सोयल मिंया रहेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका–७ मा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.३ च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई ३ सय ग्राम चरेश जस्तो देखिने वस्तुसहित पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध रामनारायणसँग लिएको खुल्न आएपश्चात् उनको घरबाट थप ८ किलो ५ सय ग्राम चरेश
बरामद गरी रामनारायण र कारमा सवार याकुब समेत चार जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।