प्रहर खबर
 २०८१ बैशाख २०, बिहीबार    

मकवानपुरकी घलान जुन बसमा चढेकी थिइन्, उत्रिँदा त्यही बसले लियो ज्यान

२०८० मंसिर १७, आईतबार ०८:४९ बजे

हेटौंडा – आफै चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं.५ कुवामा एक जनाको वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ७० बर्षीया कान्छी माया घलान रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार चखेल मातातिर्थ सडकखण्डमा अन्तर्गत काठमाडौंबाट चखेलतर्फ आउदै गरेको बा २ ख ७२७२ नम्बरको बसमा कान्छीमाया यात्रा गरि आएकी थिइन् । इन्द्रसरोबरका कुवामा बसबाट ओर्लने क्रममा चालकले बस अगाडी बडाउँदा उनी लड्न पुगेकी थिइन् । सोही क्रममा बसको टायरले उनलाई ठक्कर किचेर गम्भीर घाइते बनाएको थियो ।

उनको उद्धार गरी ट्रमा सेन्टर काठमाडौं पठाईएको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौं पठाईएको थियो । उनको उपचारको क्रममा साँझ ८ बजेर १३ मिनेटमा डाक्टर मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक सोही बस्ने वर्ष २६ को राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।