प्रहर खबर
 २०८१ बैशाख १४, शुक्रबार    

बागमती प्रदेशका प्रदेश प्रमुखद्वारा तीनवटा विधेयक प्रमाणीकरण

२०७९ श्रावण ३१, मंगलबार ०६:५३ बजे

हेटौंडा – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तीनवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि आएका केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयकसहित तीनवटा विधेयक सोमबार प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुखले प्रदेश सञ्चार माध्यम ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यो सहित बागमती प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकको सङ्ख्या ७० वटा पुगेको छ।