प्रहर खबर
 २०८१ बैशाख १७, सोमबार    

राप्रपा महिला संघ​को बैठकमा कुटाकुट

२०७९ असार २६, आईतबार १४:४४ बजे

काठमाडौं – आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा हानाहान भएको छ ।

महिला संघको अध्यक्ष नियुक्तीको विषयलाई लिएर चर्किएको विवाद हानाहान अवस्थामा पुगेको हो । केही दिनअघि महिला संघको अध्यक्षमा अञ्जना शाह रावलले जिम्मेवारी पाएका थिए ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले नै शाह अध्यक्षमा नियुक्त गरेका थिए । अध्यक्षमा नियुक्ती भएपछि आइतबारका लागि शाहले पहिलो बैठक डाकेका थिए । तर, बैठकमा कुमारी तामाङ पक्षले महिला संघको अध्यक्ष नियुक्ती विषयमा विरोध गर्यो ।

विरोधसँगै दुई पक्षबीच महिला संघको अध्यक्षको विषयलाई लिएर भनाभनको स्थिति सिर्जना भएको थियो। बैठकमा भनाभनसँगै अन्तत दुई पक्षबीच हानाहान चल्यो । बैठकमा कुर्सी र टेबुल उचालेर हानाहान हुँदा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङसँगै अन्य नेताहरु घाइते भएको बताइएको छ ।

घाइतेहरुलाई चावहिलस्थित हेल्पिङ हेन्ड्स हस्पिटलमा उपचारका लागि लगिएको बताइएको छ । दुई पक्षबीच हानाहान सकिएपछि अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी कार्यालय पुगेका थिए ।न्युज २४ बाट 

सांकेतिक तस्बिर