प्रहर खबर
 २०८१ बैशाख २९, शनिबार    

हेटौंडामा मोटरसाइकल दुर्घटना

२०८० कार्तिक ५, आईतबार १३:२७ बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ तिनताप्केमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नं.१ बस्ने ३८ बर्षीय मान बहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  बस्तिपुर तर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ५३ प ९८९९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा तामाङ घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।सांकेतिक तस्बीर