प्रहर खबर
 २०८१ बैशाख १७, सोमबार    

पप्पु कन्ट्रक्सनका मालिक एमाले प्रवेश

२०८० मंसिर ५, मंगलबार १५:१८ बजे

काठमाडौँ – विवादित ठेकेदार हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् । रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा पार्टी प्रवेश गराएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य समेत रहेका रौनियार पप्पु कन्ट्रक्सनका मालिक हुन् । उनले विकास निर्माणका काममा लिएका कतिपय ठेक्का समयमा पुरा नगर्दा उनी विवादमा मुछिँदै आएका थिए ।