प्रहर खबर
 २०८१ बैशाख २३, आईतबार    

हेटौंडा अस्पतालमा सिटी स्क्यान सेवा सुचारु

२०७९ मंसिर २५, आईतबार १२:०४ बजे

हेटौंडा – हेटौंडा अस्पतालमा आजबाट सिटी स्क्यान सेवा सुरु भएको छ । बिरामीको रोग पत्ता लगाउने अति नै महत्त्वपूर्ण मानिने सिटी स्क्यान सेवा आइतबारबाट औपचारिक रूपमा सुचारु भएको अस्पतालले जनाएको छ ।

सिटी स्क्यान बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले खरिद गरेको हो । सेवा सुरु भएको पहिलो दिन ८ जनाले सेवा लिएको हेटौँडा अस्पताल ब्यवस्थापन समिति सदस्य उत्सव चौँलागाईले बताए ।

यसअघि बिरामीले सिटी स्क्यान गराउन महंगो शूल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो। अस्पतालले आफ्नै सेवा सञ्चालन गरेपछि बिरामीको पैसा जोगिने भएको छ । अस्पतालले सञ्चालन गरेको सिटी स्क्यान सेवाको दर बजार भन्दा सस्तो राखिएको बताईएको छ ।

सामान्य एक्स रे बाट देखा नपरेको समस्यालाई सिटि स्क्यानमार्फत पहिचान गर्न सहज हुने हुँदा यहाँका बिरामिलाई अन्य रिफर गर्न नपर्ने उनले बताए । उनले सिटी स्क्यान सेवाअस्पतालले २४ सै घण्टा प्रदान गर्ने बताए ।