प्रहर खबर
 २०८१ बैशाख ३०, आईतबार    

नवलपुरको वनमा बाघले लियो सासू–बुहारीको ज्यान

२०८० पौष ९, सोमबार ०८:५० बजे

हेटौंडा – नवलपुरको विनयी सामुदायीक वनमा घाँस काट्न गएका सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् ।

साथीहरुसँग घाँस काट्न गएका उनीहरुको बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको थियो ।

घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।