प्रहर खबर
 २०८१ जेठ ५, शनिबार    

मोटरसाइकल र बोलेरो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८१ बैशाख १२, बुधबार ०८:४९ बजे

काठमाडौं – झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा दमकबाट खुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सिसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनाको बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मध्ये दुई जना अन्दाजी २५ वर्षका र एक जना १६ वर्षको रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल ,बोलेरो, बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए । मृतकको सनाखत हुन बाँकी छ ।