प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

घाँस काट्न गएकी एक महिलाको मृत्यु

२०८० फाल्गुन १९, शनिबार ०८:०३ बजे

अछाम – अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ।

जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।

श्रीमान् रोजगारीको शिलशिलामा भारतमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मृतक सरुको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरी चौकी सिउडीले जनाएको छ।