प्रहर खबर
 २०८१ जेठ ६, आईतबार    

बरिष्ठ मानवअधिकारकर्मी दाहाललाई ईन्द्रबहादुर स्मृति सम्मान

२०८० आश्विन १३, शनिबार १९:२८ बजे

हेटौंडा – बरिष्ठ मानवअधिकारकर्मी प्राध्यापक पुरुषोत्तम दाहाललाई हेटौंडामा सम्मानीत गरिएको छ । एमनेष्टी ईन्टरनेशनल समूह ६७ को २४ औं वार्षिक साधारसभा तथा १२ औं अधिबेशनको अवसरमा प्रा. दाहाललाई ईनद्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार संरक्षण सम्मान २०८० बाट सम्मानीत गरिएको हो ।

संस्थाका संयोजक हेमन्तकुमार ढुँगेलको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीले नगद २५ हजार रुपैयाँसहित सम्मानीत गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता डा. शोभाकर पराजुली, नेका मकवानपुरका सभापति बुद्ध लामा, जिल्ला बार अध्यक्ष अप्सरा बस्नेत, एमनेष्टी ईन्टरनेशनल समूह ६७ का सल्लाहकार उत्तम शर्मा ढकाल, बिजेन्द्र अग्रवाल, उपसंयोजक प्रकाश ढकाललगायतले बोलेका थिए ।

कार्यक्रममा संयोजक ढुँगेलले कार्यसमितिको प्रतिबेदन र कोषाध्यक्ष रघुनाथ खरालले आयब्यय प्रतिबेदन प्रस्तुत गरेका थिए । सम्मानीत प्राध्यापक दाहालले सम्मानबाट प्राप्त रकम शान्ता फाउण्डेसनमा दान गर्ने बताएका छन् ।