प्रहर खबर
 २०८१ बैशाख ३०, आईतबार    

पालुङ जेसीजको होली मिलनसहित बधाई कार्यक्रम

२०८० चैत्र १३, मंगलबार ०७:३२ बजे

थाहा – थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले होली पर्वको अवसरमा होली मिलन कार्यक्रमसहित बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । होली मिलन कार्यक्रम लायन्स क्लव अफ थाहा पिस, लियो क्लव अफ पिस थाहानगर र पालुङ जेसीजको संयुक्त आयोजनामा भएको थियो ।

आईतबार जेसीज हलमा बिभिन्न संघसंस्थाका पदाधिकारीहरु सहित सामुहिक होली खेल्दै शुभकामना आदानप्रदान गरिएको थियो । पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, कार्यकारिणी उपाध्यक्ष मान सिं दोङ, उहाँकी छोरी सुस्मिता दोङ र सदस्य विक्रम श्रेष्ठलाई बधाई सहित सम्मानित गरेको हो ।

पालुङ जेसीजकी फेलोसिप संयोजक दिपा बलका अनुसार होली मिलन कार्यक्रमको अवसरमा पालुङ जेसीज बर्ष २०१० का अध्यक्ष प्रधान नेकपा एमालेको थाहा नगर अध्यक्ष र विक्रम श्रेष्ठ नगर सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकोमा बधाई ज्ञापन सहित सम्मान पत्रले सम्मनित गरिएको हो ।

त्यस्तै ३ र ४ गत महिना दक्षिण भारतको करिन नगरमा सम्पन्न मार्सल आर्टमा कार्यकारिणी उपाध्यक्ष मान सिं दोङले काता तर्फ स्वर्ण र ६५ किलो तौल समूहमा रजत पदक प्राप्त गरेको र दोङकी ११ वर्षीया छोरी सुस्मिताले ३६ किलो तौल समूहमा र काता तर्फ पनि स्वर्ण पदक प्राप्त गरेका अवसरमा बधाई ज्ञापन सहित सम्मान पत्रले सम्मनित गरिएको होे ।

कार्यक्रम थाहा नगरपालिकाका उपप्रमुख एवम् पालुङ जेसीज बर्ष २००८ का अध्यक्ष भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमा पालुङ जेसीजका पूर्व अध्यक्षहरु रामप्रसाद ढकाल, सहदेव ढकाल, जयराम खत्री, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था सदस्य सेवा केन्द्र पालुङकी प्रमुख राममाया खत्री, बस्तीपुर जेसीजका सदस्य आरती पाठक, लियो क्लबकी अध्यक्ष रोशनी गोपाली, पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपाली, कानुनी सल्लाहकार सुबिन्द्रमान प्रधान, उपाध्यक्ष स्मिता बिष्ट लगायत पालुङ जेसीज बर्ष २०२४ का पदाधिकारी, कार्यक्रम संयोजक र सदस्यहरुको उपस्थिति रहेको थियो ।