प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

मकवानपुरमा विषादी सेवनबाट एक जनाको मृत्यु

२०८० जेठ २४, बुधबार १३:०० बजे

हेटौंडा – मकवानपुरको बकैंयामा विषादी सेवनबाट एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–६ बस्ने अन्दाजी ३६ वर्षीया सानुमाया स्याङ्तानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्याङ्तानले घरायसी विवादको कारण आफ्नै घरमा नाम नखुलेको बिषादी सेवन गरेकी थिइन् । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।