प्रहर खबर
 २०८१ बैशाख २०, बिहीबार    

बकैया आँखा शिविर: ५१ जनाको आँखा शल्यक्रिया, ५ सय ५६ को परिक्षण

२०७९ फाल्गुन ४, बिहीबार १४:१२ बजे

हेटौँडा – बकैया जेसिसको आयोजनामा पूर्वि मकवानपुरको बकैया गाउँपालिका ४,गरगरे स्थित बकैया आधारभूत अस्पतालमा सम्पन्न तीन दिने निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया शिविरमा ५१ जनाको आँखाको शल्यक्रिया भएको छ । तीन दिनसम्म भएको शिविरमा ५ सय ५६ जनाले आँखा परिक्षण गराएका छन् ।

बकैया जेसिजले बकैया गाउँपालिको आर्थिक सहयोग, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौं र बकैया आधारभूत अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो ।

बकैया गाउँपालिकामा भएको शिविरबाट गाउँपालिका क्षेत्रको १२ वटै वडा तथा छिमेकी बागमती गाउँपालिकाका आँखामा समस्या भएकाहरुलाई समेत लाभ लिएको जेसिजका कोषाध्यक्ष विवेक बोलखेले बताए ।

जेसिसका कार्यकारी उपाध्यक्ष शुसिल घिमिरेको संयोजनमा भएको कार्यत्रलमको समापनमा बकैया गाउँपाकिला उपाध्यक्ष भक्तबहादुर खत्री, वडा नंबर ४ का वडाध्यक्ष राजन दंगाल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरकी डाक्टर पुनम श्रेष्ठ, हेटौँडा जेसिजका पब्लीक रिलेशन अफिसर संग्राम बल लामा, बकैया जेसिजका संस्थापक अध्यक्ष रमेश फुँयाल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै बकैया जेसिज वर्ष २०२३ का अध्यक्ष अमोद बस्नेतले आगामी दिनहरुमा पनि बकैया जेसिजले सामजिक क्रियाकलापलाई निरन्तरता दिने बताउँदै आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।